जेष्ठ १३ ललितपुर ।
अल्का अस्पताल जावालाखेलले बैशाख १२ गतेको भूकम्पका कारण घाईते भएका ४ सय ५१ जनाको शल्यक्रिया सहित निशुल्क उपचार गरेको छ ।
ती सबैको उपचारमा सबै खर्च जोड्दा २० लाख रुपैया बराबरको खर्च भएको अल्का अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिनु भयो ।
कुल घाईते मध्य २१ जनाको भर्ना गरेर उपचार गरिएको थियो ।
यस क्रममा सरकारी तथा गैर सरकारी क्षेत्रबाट सहयोग नभए पनि अष्ट्रेलियाका नर्सहरुको टिमले मेडिसिनहरु उपलव्ध गराएको पनि अध्यक्ष थापाले बताउनु भयो ।
२३ जनाको ठूलो अप्रेसन गरिएको थियो भने एक जनाको सामान्य अप्रेसन गरिएको थियो । बैशाख १६ गतेदेखि १९ गते सम्म ६ सय ४५ जनालाई निशुल्क ओपिडी सेवा पनि अल्का अस्पतालले प्रदान गरेको थियो । अस्पतालमा भर्ना भएका घाईते मध्य १२ जनाको भने निधन भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline