पाठ्यपुस्तकको अभाव हुँदा जनक शिक्षा सामाग्री केन्द्रको कार्यालयमा तालाबन्दी

पाठ्यपुस्तकको अभाव हुँदा जनक शिक्षा सामाग्री केन्द्रको कार्यालयमा तालाबन्दी

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाण्डौ, १३ जेठ ।
पुर्वाञ्चलमा पाठ्यपुस्तकको अभाव सिर्जना भएको छ । चैत्रमै छपाई भई बितरण भई सक्नुपर्ने पुस्तक अझै नछापिँदा विद्यार्थीलाई समस्या भएको हो ।

जनक शिक्षा सामाग्री केन्द्र पूर्वाञ्चल क्षेत्रीय प्रमुख चन्द्रलाल भोमीले पुस्तक छापिन ढिलाई भएकाले विद्यालयमा समयमै पुर्याउन नसकिएको बताउनुभयो । उहाँले पुस्तक पठाउँदा पठाउँदै पनि केही पठाउन समस्या भएको स्वीकार पनी गर्नुभयो । पुस्तक नआउँदा अविभावक, विद्यार्थी र शिक्षकले पुस्तक व्यवसायी समक्ष गुनासो पोख्ने गरेको स्टेशनरी व्यवसायी महासंघका मोरङ अध्यक्ष माधव अधिकारीको भनाई छ ।

यसैविच पुस्तक अभाव भएपछि स्टेशनरी व्यवसायी संघले जनक शिक्षा सामाग्री केन्द्रको पूर्वाञ्चल कार्यालयमा तालाबन्दी समेत गरेको खबर छ ।  समयमै पाठ्पुस्तक बजारमा नआउँदा व्यवसायी आक्रोशित भएका हुन् ।

जनक शिक्षाका पूर्वाञ्चल क्षेत्रीय प्रमुख भोमीका अनुसार दोस्रो पटक पाँच हजार पुस्तक आएको थियो, अझै ३५ हजार पुस्तकको सेट आइपुग्न बाँकी छ । मेची–कोसी अञ्चलमा कक्षा ८ को मात्रै ८५ हजार सेट पुस्तक आवश्यक छ ।

जसमा पहिलो खेपमा ४५ हजार मात्रै आइपुगेको छ ।  कक्षा ८, ९ र १० को पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएको केन्द्रसँग शैक्षिक सत्र सुरू भएको दुई महिना बित्न लाग्दा पनि पुस्तक छैन ।

पुस्तक उपलब्ध नहुँदा मेची–कोसीको १० वटा जिल्लाका सरकारी विद्यालयमा कक्षा ८, ९ र १० को पाठ्यपुस्तक बिक्री–वितरण गर्न जनक शिक्षाले पुस्तक छपाईमा ढिलाई भएको जनाएको छ ।

सरकारले शैक्षिकसत्रको प्रारम्भमै पुस्तक पुर्याउन १ देखि ५ कक्षासम्मको पाठ्यक्रम छाप्ने अधिकार निजी क्षेत्रमा दिएको छ । कक्षा ६ र ७ को पुस्तक गएको वर्षको स्टक बिक्री गर्ने अधिकार समेत मुद्रण व्यवसायीलाई दिइएको छ । कक्षा ८, ९ र १० को पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने अधिकार पाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी