काठमाण्डौ,१३ जेठ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भूकम्पबाट बढी प्रभावित दोलखाका १८ वटा गाउा विकास समितिका नागरिकका लागि तत्काल अस्थायी बासस्थानको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
उहााले बढी प्रभावित गाविसका नागरिकलाई आन्तरिक शरणार्थीका रुपमा लिएर भएपनि तत्काल अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि दोलखा आउनुभएका नेता देउवाले तत्कालिन माओवादीका लडाकु राखिएका शिविरलाई भूकम्प प्रभावितको अस्थायी बासस्थानको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले छिमेकी राष्ट्र चीनको तिब्बतका थिङग्री र नायाला राज्यले भूकम्प प्रभावितका लागि जस्ता पाता सहयोग गर्ने प्रतिबद्धता जनाएको नेता देउवालाई जानकारी गराउनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline