म्याग्दीमा एक हजार गाउँ उच्च जाेखिममा

म्याग्दीमा एक हजार गाउँ उच्च जाेखिममा

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

बैशाखको महाभूकम्पको असारले म्याग्दीका १४ गाविसका हजार घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।

जिल्ला भूसंरक्षण कार्यालयले गरेको एक अध्ययनअनुसार गुर्जा, मुदी, लुलाङ, बेगखोला, निस्कोट, पात्लेखेत, भुरुङतातोपा400xNxthumbs_b-3.jpg.pagespeed.ic.KL8ObfFScUनी, नारच्याङ, कुइनेमङ्गले, पुलाचौर, ओखरबोट, पाखापानी, भकिम्ली र बरङ्जा गाविसका एकहजार घरधुरी जोखिममा परेका हुन् ।

वर्षा सुरु नहुँदै पहिरो जान थालेकाले समयमै सर्तकता अपनाउनुपर्ने जिल्ला भूसंरक्षण अधिकृत दीवाकर पौडेलले बताए। उनले पहिरोको उच्च जोखिम रहेका स्थानमा पूर्वसतकता अपनाउन सकेमा मात्रै मानवीय क्षति हुनबाट जोगिन सकिने भएकाले पहिरोको जोखिमयुक्त क्षेत्रमा यसबारे सचेत गराइएको बताए ।

भिरालो ठाउँमा भूमिगत पानीका मुहान, राहुघाट, कालीगण्डकी र म्याग्दी नदी गहिरिँदै जानु र अवैज्ञानिक तवरले खनिने सडकका कारण म्याग्दी जिल्लालाई पहिरोको दृष्टिले देशकै जोखिमयुक्त क्षेत्रमा राखिएको छ ।

दुई नदीको किनारमा अवस्थित बेनीबजार देशकै पाँचौ जोखिमयुक्त सदरमुकामभित्र पर्छ । पुलाचौरको चिप्लेटी, पात्लेखेतको बान्द्रेखाल्टा, निस्कोटको निस्कोट गाउँ, भकिम्लीको तोराखेत, बरङ्जाको वडा नं १, २ र ३, कुइनेमङ्गलेको वडा नं १, २, ३, ४ र ५ मा निरन्तर पहिरो जाँदा त्यहाँका बस्ती पनि जोखिममा छन् ।

वर्षायाममा जिल्लामा बाढीपहिरोको प्रकोप नै आउन खतरा बढेकाले सर्तक हुनुपर्ने जिल्ला प्राविधिक कार्यालय इन्जिनियर हर्ष गुरुङले बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी