काठमाण्डौ ,१२ जेठ ।
विनाशकारी भुकम्प गएको आज एक महिना भएको छ । एक महिना बितिसक्दा पनि पिडितले उचित राहत पाउन भने सकेका छैनन् ।
सरकारले भुकम्पबाट अति प्रभावित १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेपनि अहिले ती नै कहा कति क्षति भएको छन्ने विवरण नै आएको छैन ।
गाविसहरुमा गाविस सचिव नहुदा पनि प्रभावित जिल्लाका कुन कुन गाविसमा कति क्षती छ सो विवरण संकलनमा कठिानाई भएको बताईएको छ ।
प्रभावित जिल्लाका हरेक गाविसमा सरकारले एक एक जना अधिकृतको नेतृत्वमा प्राविधिक लगायत कर्मचारी पठाएको छ ।
तर हालसम्म गोरखाका ५५ गाविसमध्ये २४ वटाबाट मात्रै तंथ्याङक आएको छ । रसुवाका १८ मध्ये ८ वटा गाविसमा मात्रै संकलन भएको छ । गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्द बनाएर गएको ७ दशमलब ९ रेक्टरको शक्तिशाली भुकम्प गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline