काठमाडौँ,११ जेठ ।
नेपाल इन्जिनियर्स एसोसिएसनले बिनासकारी भूकम्पबाट क्षतिग्रस्त घर गाउँ तथा बस्ती पुनर्निर्माणका लागि पाँचसय इन्जिनियरहरु खटाउने भएको छ । एसोसिएसनका महासचिव किशोर झाले भूकम्पबाट भत्किएका घर पुनःनिर्माणको परामर्श दिन पाँच सय इन्जिनियर खटाउने बताउनु भयो ।
यसअघि भत्केका घर निरीक्षणका लागि स्वयम्सेवीका रुपमा खटिएका इन्जिनियर अब मर्मतको परामर्श दिन खटिन लागेका महासचिव झाले जानकारी दिनुभयो । एसोसिएसनले आफ्ना स्वयम्सेवक इन्जिनियरलाई विदेशी विज्ञसहितको टोलीमार्फत अभिमुखीकरण तालिम दिइरहेको उहाले बताउनु भयो ।
एसोसिएसनका स्वयम्सेवकले हालसम्म ४५ हजार ३८ घरको निरीक्षण गरिसकेका छन । आफूहरुले निरीक्षण गरेका घरमा मौखिक सुझाव मात्रै दिइएको, स्टिकर नटाँसिएको एसोसिएसनले स्पष्ट पारेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline