काठमाडौं, ११ जेष्ठ ।
बिभिन्न क्षेत्रबाट भुकम्प पिडीतका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम जारी छ ।
विभिन्न संघ–संस्थाले आज उद्धार कोषमा दिएको रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले राहत वितरणमा गडबढी गरे मन्त्रीलाई समेत जेल हाल्ने चेतावनी दिनु भएको छ ।
उहाले सरकारी कोषमा जम्मा भएको रकम सहि ढंगले खर्च गराउने दायित्व आफ्नो भएको भन्दै त्यस्तो रकममा मन्त्रीहरुले अनिमितता गरे उनीहरुलाई पनि पनि कारबाही हुने दाबी गर्नुभयो । विभिन्न संघ–संस्थालाई प्रधानमन्त्री कोइरालाले सरकारसँग समन्वय गरेर मात्र राहत वितरणमा लाग्न आग्रह गर्नुभयो ।
आज प्राइम बैंकले ५० लाख, नेपाल सुनचाँदी व्यवसायीहरुले २५ लाख, कर्जा सुरक्षण निगमले २७ लाख, कलाकारहरुले जम्मा गरेको ५ लाख, दिपकर फाउन्डेसनले १० लाख, कास्टमन्डप विकास बैंकले ५ लाख रकम कोषमा जम्मा गरेका छन ।