कोहलपुरमा इलाका प्रहरी कार्यालय घेराउ

कोहलपुरमा इलाका प्रहरी कार्यालय घेराउ

  • सोमवार, जेष्ठ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

नेपालगन्ज- यातायात व्यवसायीले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन् । नमस्ते नेपाल यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले सोमबार बिहानै देखि ईप्रका घेराउ गरेका हुन् । शुक्रबार बेलुका कोहलपुरमा नमस्ते नेपाल यातायात समितिको भे १ ज ५९९ नम्बरको म्याजिक भ्यान र कृष्णसार यातायात समितिको ना४ख ६११३ नम्बरको बस ठोक्किएका थिए।

त्यसक्रममा म्याजिकमा सवार तीन जना घाइते भएका थिए। त्यसपछि दुवै समिति बीच बिबाद हुदै आएको छ। गलत साइडमा आएर बसले ठक्कर दिएको भन्दै नमस्ते नेपाल यातायात समितिले सम्पूर्ण खर्च बेहोर्नुपर्ने माग गरिरहेको छ।
प्रहरीले कारबाही नै नगरेर बसलाई छाडेको जिकिर गर्दै आफुहरु आन्दोलित भएको नमस्ते नेपाल यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष गोविन्द पौडेलले बताए । आन्दोलन अन्र्तगत आफ्ना कुनैपनि सवारी साधन नचलाएर ईप्रका अगाडि राखेको उनले बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरिक्षक जनक शाहीले दुर्घटनासम्बन्धी विवादको विषयलाई लिएर व्यवसायीले आन्दोलन गरेको जानकारी दिए । ‘दुर्घटनाको विषयमा दुई समिति बीच कुरा नमिल्दै नमस्ते यातायात व्यवसायी समितिले दवाब दिन आफ्ना सवारी साधान नचलाएर राखेको छ,’ उनले भने ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी