काठमाण्डौ ,१० जेठ ।
म्यादीको राम्चे–९ मा माथिबाट खेसेको पहिरोले थुनिएको कालीगण्डकी नदीको पानी आभर फ्लो भएर बग्न थालेको छ । राम्चे–९ काफडाँडा बैंसरीमा माथिबाट खसेको पहिरोले थुनिएको नदी पहिरोले बनाएको बाँध माथिबाट बग्न थालेको हो ।
शनिबार राति एक बजेदेखि थुनिएको नदीको पानी आइतबार बेलुका सवा ५ बजेबाट ओभर फ्लो भएर बग्न थालेको नेपाल प्रहरीले जनाएको छ । आभर फ्लो भएर बजेको पानीको गती बढ्दो छ । अहिले पानीको बहाव अहिले अत्याधिक बढ्दै गएको म्याग्दीका डिएसपि हिरा गिरीले जानकारी दिनुभयो । उहाले नारायण्ी नदि सँग जोडिएका अन्य नदी आसपासका स्थानीयहरुलाई पनि सचेत रहन र उच्चा स्थानमा गएर बस्न आग्रह गर्नुभएको छ । ।
१५ घण्टा सम्म थुनिएको नदीबाट पानी बग्न थालेपछि तल्लो क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।
पानीको बहाब कुन मात्रामा बढ्छ त्यसकै आधारमा तल्लो तहमा क्षति पुग्ने भएकाले प्राविधिक टोलीले अध्ययन गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो ।
‘अहिले नै कति मात्रामा पानीको बहाब बढ्छ भन्न सकिन्न, ठुलो मात्रामा कटान नभएमा क्षति कम हुनेछ ’ उहाँले भन्नुभयो ‘तल्लो क्षेत्रमा ठुलो धनजनको क्षति पुग्ने भएकाले त्यसका लागि सबै क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।’
म्याग्दीको भगवती–२, बैंसरीमा पहिरो खसेपछि कालीगण्डकी नदी थुनिएर तीन किलोमिटर माथिसम्म ताल बनेको छ ।
आइतबार राति एक बजे राम्चेगाविस ९ मा पर्ने काफलडाँडाको भिरको पहाडबाट खसेको पहिरोले कालीगण्डकी म्याग्दीको भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा थुनिएको हो ।
झण्डै पाँच सय मिटर माथिबाट खसेको पहिरोले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् ।
नदी थुनिएर ठूलो तलाउ बनेको र पानीको प्रवाह पुरै रोकीएको घटनास्थलमा पुगेका डिएसपि हिरा गिरीले जानकारी दिनुभयो ।
उहाका अनुसार पानीको तलाउ र सतह माथितिर बढ्दै गएको छ । पहिरोले भगवती २ बैसरी र राम्चे ९ को औल गाउँका २६ वटा घर परिएको छ ।
कालीगण्डकीको नियमित सतह भन्दा २ सय मिटर माथि सम्म पानी जमेको म्याग्दीका पत्रकार सन्तोस गौतमले बताएका छन् । अहिले पनि पहिरो खसिरहेको उनले बताए ।
उक्त स्थानमा शुक्रबारदेखि पहिरो खस्न थालेपछि प्रहरीले स्थानीय बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेकाले मानवीय क्षती भने नभएको गौतमले बताए । स्थानीय बासिन्दा बन्दोबस्तीका सामान सहित सुरक्षित स्थानतर्फ लागेका छन् ।
बैसरी माथिका बस्तीमा डुबान र तलको तटीय क्षेत्रमा बाढीको खतरारहेकाले सुरक्षा निकायले सर्तकता अपनाउन तथा सुरक्षाको उपाय अपनाउन सूचना जारी गरेका छन् ।
बैसरी माथिका बेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, भुरुङ तातोपानी, दाना लगायतका ठाउँमा डुवानको खतरा रहेको छ ।
थुनिएको नदि खोल्ने कार्य हुन सकेको छैन । त्यहाँ पुग्ने बाटोहरु पनि पहिरोका कारण ठप्प छन् । गृह मन्त्रालयबाट खटिएको प्राविधिकसहितको टोली पनि उक्त स्थानमा पुगेको छ ।
काठमाण्डौबाट गएको सेनाको टोलीले पनि नदि थुनिएको स्थानमा गई अनुगमन गरेको छ । तर पहिरो जाने क्रम नरोकीदा नदि खुलाउन सम्भव नभएको डिएसपि ष्रिीले बताउनु भयो ।
यसैबीच , म्याग्दीमा कालिगण्डकी नदि थुनिएर ताल बनेपछि ९ ओटा जिल्लामा उच्च सतर्कता अपनाईएको छ । सो क्षेत्रका नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
नेपाल प्रहरीले म्याग्दी, बाग्लुङ, स्याङजा, गुल्मी, पाल्पा ,तनहु ,मुस्ताङ ,नवलपरासी र पर्वत का सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको हो ।







