काठमाण्डौ ,१० जेठ ।
भुकम्प गएको २८ दिनमा राष्ट्रपति डा. रामवरण यादवले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा पुर्याएको क्षतिको अवलोकन गर्नुभएको छ । राष्ट्रपति डा. यादवले भूकम्पका कारण क्षतिग्रस्त सर्वोच्च अदालतको पनि अवलोकन गर्नुभएको छ ।
राष्ट्रपति यादवले सिंहदरबारमा रहेका क्षतिग्रस्त कार्यालयको अवलोकन गर्नुभएको हो । राष्ट्रपति यादवले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सामान्य प्रशासन मन्त्रालयको क्षतिग्रस्त भवनका साथै अस्थायी कार्यालयको पनि अवलोकन गर्नुभयो ।
भूकम्पका कारण प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सामान्य प्रशासन मन्त्रालय लगायतका कार्यालयहरु क्षतिग्रस्त भएका छन् । ती कार्यालयबाट हुने काम कारबाही अहिले टेन्टको अस्थायी कार्यालय खडा गरेर हुँदै आएका छन् ।
गएको वैशाख १२ गतेको भूकम्पपछि सर्वोच्च अदालत पनि टेन्टको अस्थायी कार्यालयमार्फत सञ्चालन भैरहेको छ ।