भुकम्प पिडितको सहयोगमा ५ माओवादी एकैठाउँ

भुकम्प पिडितको सहयोगमा ५ माओवादी एकैठाउँ

  • आइतवार, जेष्ठ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ, १० जेठ ।
एनेकपा माओवादी सहित ५ माओवादी पार्टीले आजदेखि भूकम्पबाट क्षति पुगेका घरहरुबाट सामग्री निकाल्ने काम सुरु गरेको छ ।
दुई चरणको अभियान अन्तरगत आज पहिलो चरणमा काठमाण्डौ १९ को मरुहिटीबाट भत्किएका जोखिमयुत्त खरहरुबाट सामान निकाल्ने काम थालेको हो ।

एकिकृत नेकपा माओवादी, बैद्य नेतृत्वको माओवादी , मातृका यादव नेतृत्वको नेकपा माओवादी ,मणी थापा नेतृत्वको क्रान्तिकारी कम्यूनिष्ठ पार्टी नेपाल र परि थापा नेतृत्वको जनमोर्चा नेपालले सयुक्त रुपमा अभियान थालेका हुन् ।
नेकपा माओवादीका उपाध्यक्ष सिपि गजुरेल र एमाओवादीका महासचिव कृष्ण बहादुर महराले संयुत्त रुपमा मरुहिटीमा रहेको एक घरबाट संयुत्त रुपमा सामान निकाली अभियान सुरु गरेका थिए ।

सो क्रममा बोल्दै महासचिव बोहराले सबैले मतभेद छाडेर भुकम्प पिडितहरुको उद्धार तथा सहयोगमा जुट्नु पर्ने बताउनु भयो ।

यस्तै उपाध्यक्ष गजुरेलले देशमा आएको प्राकृतिक विपदको समयमा सबै माओवादी पार्टिहरु एक भई पिडितको सहयोगमा जुट्न आवश्क भएकोमा जोड दिनुभयो ।

दोस्रो चरण अन्तरगत उनीहरुले घर ,भवन भत्किएर समस्यामा भएका पिडितलाई बस्नमिल्ने अस्थाई टहरा निर्माण गर्ने रहेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी