काठमाण्डौ ,१० जेठ ।
भुकम्पपछि प्रभावित जिल्लामा बिभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता पुनर्निमाण र पुनस्र्थापनामा सहयोग पुर्याउन यतिवेला सक्रिय देखिएका छन् । नेपाली काग्रेस ,नेकपा एमाले ,एनेकपा माओवादि ,मोहन वैद्य नेतृत्वको नेकपा माओवादि र नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादि लगायत बिभिन्न राजनितिक दलका नेता कार्यकर्ताले स्वयमसेविका रुपमा पिडितको सहयोगका लागी जिल्ला जिल्ला खटिएका हुन् ।
यसैबीच ,नेपाली काग्रेसले भुकम्प पिडितहरुको राहत तथा पुनरस्थापनाका लागी खटिएको टोलीलाई आज प्रभावित जिल्लामा खटाउदैछ । प्रभावित जिल्लाको अवलोकन गरी भुकपबाट पुगेको क्षतिको निरीक्षण गरिसक्नुभएको प्रधानमन्त्री कोईरालाले तत्काल चाहिने आवश्यत्ता पूर्तीका लागी पिडितलाई सघाउन पार्टिका नेता देखि कार्यकर्तासम्मलाई स्वयमसेवकका रुपमा जिल्ला पठाउन लाग्नुभएको हो ।
सानेपा स्थित केन्द्रिय कार्यलयमा दिउसो तीन बजे एक कार्यक्रमको आयोजना गरी पार्टि सभापति एवम् प्रधानमन्त्री कोईरालाले भुकम्पबाट पूर्ण प्रभावित जिल्लामा श्रमदान शिविर सञ्चालनका लागी कग्रेसबाट परीचालित हुने टोलिलाई बिदाई गर्नुहुने छ ।
काग्रेसले भुकम्प प्रभावित प्रत्येक जिल्लामा श्रमदान शिविरका लागी दुई जना नेन्द्रिय सदस्यको नेतृत्वमा अन्य युवा दस्तालाई परीचालन गर्ने छ ।