काठमाण्डौ,९ जेठ ।
बिनासकारी भूकम्पबाट हालसम्म मुत्यु हुनेको सख्या ८ हजार ६ सय ५० पुगेको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार २२ हजार ४० जना घाइते भएका छन । उनीहरुको देशका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
भुकम्पबाट उपत्यकामा १ हजार ७ सय ३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४ सय ८, पश्चिम क्षेत्रमा ४ सय ५२ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गएको छ ।
अहिले पनि २ सय ३० जना नेपाली नागरिक र ८९ जना विदेशी नागरीक बेपत्ता रहेको प्रहरीले जनाएको छ । यसैगरी भूकम्पबाट पूर्ण तथा आंशिक गरी जम्मा ४ लाख ६२ हजार ६ सय ५३ वटा भौतिक संरचनामा क्षती पुगेको छ ।
यसैबिच, प्रहरीले प्रभावित क्षेत्रमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानी लगायतका राहत सामाग्री वितरण जारी रहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline