विपद अनुगमन विशेष समितिको बैठक आज पनि बस्ने

विपद अनुगमन विशेष समितिको बैठक आज पनि बस्ने

  • शनिबार, जेष्ठ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ ,९ जेष्ठ ।संसदको राष्ट्रिय विपद अनुगमन तथा निर्देशन विशेष समितिको बैठक आज पनि बस्दै छ । दिउसो १ बजे बस्ने बैठकमा भुकम्पबाट अति प्रभावित जिल्लाको स्थलगत अनुगमन गरी फर्किएका संसदिय टोलीले प्रतिवेदन बुझाउने छन् । हिजो प्रतिवेदन बुझाउन बाकी १० जील्लाका टोलीले आज प्रतिवेदन बुझाउनेछन् ।

बैठकमा टोलीले प्रतिवेदन प्रस्तुत गर्नुका साथै सो क्षेत्रको वास्तविक बस्तुस्थीति ,पिडितले राहत पाए नपाएको र तत्कालका आवश्यत्ताहरुका बारेमा पनि जानकारी गराउनेछन् ।

हिजोको बैठकमा धादिङ ,सिन्धुपाल्चोक ,सिन्धुली र ओखलढुङगाको अनुगमन टोलीले प्रतिवेदन बुझाउदै सरकारलाई पिडितसामा तत्काल राहत पुर्याउन सरकारलाई सुझाव दिएका थिए ।
अधिकाशं सभासदले सरकार र गैरसरकारी पक्ष कसैबाट पनि विकट गाउमा राहत नपुर्याको भन्दै राहत र अस्थाई आवाश तत्काल पिडित सम्म पुर्याउन आग्रह गरेका थिए ।

भुकम्प प्रभावित क्षेत्रको अवस्था र जनताको समस्याबारे जानकारी लिन संसदले बिभिन्न १४ वटा टोली गठन गरी जिल्ला पठाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी