चिनले दियो घुुम्ती अस्पताल ।

चिनले दियो घुुम्ती अस्पताल ।

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौ,८ जेठ ।
नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले नेपालमा भूकम्पमा परी घाइते नेपाली नागरिकलाई उपचारमा सहयोग पु¥याउन खटिएको चिनियाँ टोलीले प्रभावकारी रुपमा कार्य गरेको बताउनु भएको छ । घुम्ती अस्पताल हस्तान्तरण कार्यक्रममा बोल्दै राजदुत चुन्ताइले यस्तो बताउनु भएको छ ।

चिनियाँ सहायक विदेशमन्त्री लियु जियान चाओको नेपाल भ्रमणको अवसर पारेर चीन सरकारले भूकम्पबाट घाइते भएका नेपालीहरुको तत्काल उपचार गर्न सञ्चालनमा ल्याएको घुम्ती अस्पताल आज नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

अस्पतालसँगै शल्यक्रिया उपकरण, अल्ट्रासाउन्ड, एक्स–रे, प्रयोगशाला तथा इसिजी जस्ता उपकरण र औजार पनि हस्तान्तरण गरेको राजदुत चुन्ताइले जानकारी दिनुभयो । सहायक विदेशमन्त्री लियु र नेपाली सेनाका बलाधिकृतरथी प्रदीपविक्रम राणाको उपस्थितिमा उक्त अस्पताल हस्तान्तरण सम्बन्धी कागजातमा हस्ताक्षर भएको थियो ।

वैशाख १२ गते भूकम्प गएपछि चिनियाँ उपचार टोली वैशाख १४ गते नेपाल आएको  थियो । धुलिखेल अस्पतालसँग सहकार्य गरेर चिनियाँ चिकित्सक टोलीले खासगरी काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलाखाका बिरामीलाई सेवा पु¥याएको थियो ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नेपाली सेनाका उपरथी डा किशोरजङ्ग राणाले भूकम्पमा प्रभावित क्षेत्रमध्ये पूर्वी क्षेत्रका बिरामीको उपचारमा चिनियाँ उपचार टोलीलाई खटाइएकामा धुलिखेल अस्पतालसँग सहकार्य गरेर चिनियाँ टोलीले उत्कृष्ट ढंगबाट उपचार सेवा प्रदान गरेको भनी सराहना गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी