काठमाडौं, जेठ ८ –
संबिधान सभाका अध्यक्ष सुबास चन्द्र नेम्वाङ र जापानी राजदूत मासाही ओगावाबिच आज भेटबार्ता भएको छ । भेटबार्तामा राजदूत मासाही ओगावाले बिनासकारी भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणमा जापानले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
भेटपछि सभामुख नेम्वाङले भूकम्पपछिको पुननिर्माणमा जापानसँग राम्रो अनुभव रहेको भन्दै नेपालमा क्षतिग्रस्त संरचनाको पुननिर्माणमा पूर्णरुपमा सहयोग गर्ने राजदुतले प्रतिबद्धता जनाएकोे सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
राजदूत ओगावाले सरकारको पुननिर्माण कोषमा गर्ने सहयोग रकमका बारेमा भने केही उल्लेख गर्नुभएन । भूकम्पका कारण ५ लाख निजी घर र ९ सय ७८ वटा सरकारी भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
सरकारले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि दई खर्ब रुपैयाँको कोष स्थापना गरेकामा कोषमा अहिलेसम्म कुनै दातृ निकायले पनि सहयोग गरेका छैनन् ।