काठमाण्डौ,८ जेठ ।
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुलाई दिइने राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा आज बिभिन्न क्षेत्रका ब्यक्तिहरुसंग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पीडितहरुको लागि संकलन गर्ने राहात रकम प्रभावकारी बनाउने, संकलित राहत रकम र सामग्री भूकम्प पीडित समक्ष पुयाउने, भूकम्प प्रभावित क्षेत्रमा पुनस्थापना र पुनर्निर्माण कार्य सञ्चालन गर्न स्थापित पुनस्थापना तथा पुनर्निर्माण कोषलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्री कोइरालाले नेपाल सधै संघर्ष, तदर्थवाद र संक्रमणबाट गुज्रिनु परेकोले हर क्षेत्रमा विकास हुन नपाएको भन्दै विपत्तिबाट आएको त्रासदीबाट आम नागरिकलाई सामान्य अवस्थामा ल्याउन, पुनस्र्थापना र पुनर्निर्माण कार्यमा सघाउन सबैमा आग्रह गर्नुभयो ।
छलफलमा मुख्य सचिव लीलामणि पौडेल ,कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, महानायक राजेश हमाल, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का , प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य, सामाजिक विकास सल्लाहकार डा. विजन पन्त, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव बसन्त गौतम सहभागी हुनुभएको थियो