काठमाण्डौ,८ जेठ ।
नेकपा एमालले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीमा सभासद् कृपाशूर शेर्पालाई सिफारिस गरेको छ । यसअघि सो मन्त्रालयको जिम्मेवारी लिएका दीपकचन्द्र अमात्यले राजीनामा दिएकाले नयाँ मन्त्री नियुक्त गर्न लागिएको एमालेले जनाएको छ ।
मन्त्रीमा शेर्पालाई आजै नियुक्ति गरी साँझ राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने जनाइएको छ । एमालेबाटै नियुक्त दीपकचन्द्र अमात्यले राजीनामा दिएपछि भोजपुर क्षेत्र नं. १ बाट निर्वाचित शेर्पालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
व्यक्तिगत कारणले अमात्यले राजीनामा दिएको बताइएपनि उनलाई राजीनामा दिन पाटीभित्रैबाट बाध्यात्मक स्थिति सृजना गरिएको बताइएको छ । उहाको कार्यशैलीबाट पार्टी नेतृत्व असन्तुष्ट रहेको स्रोतले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline