आईसियु निमार्ण गर्ने भन्दै चौविस लाख असुलेको खुलासा

आईसियु निमार्ण गर्ने भन्दै चौविस लाख असुलेको खुलासा

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ, ८ जेठ ।

महाकाली अञ्चल अस्पतालमा आइसियु निमार्ण गर्नका लागी अस्पताल विकास समितिले मेडिकल सञ्चालकसित अग्रीम रुपमा २४ लाख रुपैया असुलेको खुलेको छ ।

तर अस्पतालका अध्यक्ष खेमलाल घिमिरेले आईसियु निमार्ण गर्दा ६८ लाख रुपैया लाग्ने भएकाले सरकारले दिएको पचास लाख कम भएपछि विकास समितिले मेडिकल सञ्चालकसित अग्रीम रुपमा पैसा मागेकोे बताउनु भयो ।

समितिको गत पुस २८ गतेको बैठकले महाकाली अञ्चल अस्पतालबाट सम्बन्धन प्राप्त महेन्द्रनगरका निजी शैक्षिक प्रतिष्ठानले बुझाउनुपर्ने रकम नै नलिई मेडिकल माफियाकै पक्षमा निर्णय गरेको छ ।

अस्पतालबाट सम्बन्धन लिने यहाँका सेती महाकाली नसिर्ङ कलेज, फारवेस्ट, एसके इनस्टिच्युटलगायत चार शैक्षिक संस्थाले विद्यार्थी भर्नाको सुरुको पाँच प्रतिशत हुन आउने रकम अस्पताल समितिलाई दिनुपर्ने निर्णय गरेका थिए ।

विसं २०६९ मा अञ्चल अस्पताल विकास समितिको तत्कालीन नेतृत्वले गरेको निर्णयलाई ती शैक्षिक संस्थाका सञ्चालकले अटेर गरेका थिए ।

गत कात्तिकमा नियुक्त भएर अस्पतालको अध्यक्षको जिम्मेवारी पाएका खेमलाल घिमिरेले २०७१ पुस २८ गते २०६९ सालको निर्णय खारेज गरी यहाँका शैक्षिक संस्थालाई आगामी पाँच वषसम्मका लागि सम्बन्धन दिने निर्णय गरेका छन् ।

यो वर्ष समितिलाई पाँच वर्षको रु २४ लाख ५० हजार रकम सम्झौता भएकै दिन कलेज सञ्चालकले जम्मा गरिदिएका छन् । पुरानो निर्णय अनुसार सिएमए, अहेव कार्यक्रमको प्रतिकलेज वाषिक रु ५० हजार तथा नसिर्ङ, ल्याब र हेल्थ असिस्टेन्ट कार्यक्रमलाई सम्बन्धन दिन वाषिक रु एक लाख रुपैयाँ दिनुपर्ने निर्णय भएको छ ।

प्रतिविद्यार्थी भर्नाको पाँच प्रतिशत रकम उपलब्ध गराउँदा वाषिक २० लाख रुपैयाँ भन्दा बढी आम्दानी अस्पताल समितिलाई हुने थियो अस्पताल समिति स्रोतले भन्यो अब पाँच वर्षका लागि रु साढे २४ लाखमा अग्रीम रुपमा बुझेको बताएको छ ।

अठारजना दरबन्दी भएको महाकाली अञ्चल अस्पतालमा एकजना मात्रै दरबन्दीमा चिकित्सक कार्यरत छन् । अस्पताल समिति, चिकित्सा प्रष्ठिान र काजमा गरी हाल यहाँ सात चिकित्सक कार्यरत छन् । अस्पतालभित्र समय समयमा भइरहेका विवादका उजुरी अख्तियारमा पर्न थालेका छन् ।

झन्डै पाँच लाख जनसङख्या रहेको कञ्चनपुरका बासिन्दाका लागि सरकारी अस्पतालमा स्त्री र बालरोग विशेषज्ञ नहुँदा बिरामीलाई मर्का परेको छ । अस्पतालमा उपचार सेवा पाउन नसकेपछि बिरामी बढीजसो भारतीय अस्पताल जान बाध्य छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी