सरकारले तथ्यांक गोप्य राखेकै कारण धेरै घर भत्‍किए: विज्ञ

सरकारले तथ्यांक गोप्य राखेकै कारण धेरै घर भत्‍किए: विज्ञ

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ, ८ जेठ ।

सरकारले विगतमा साना भूकम्प जाँदा जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउन्ड मोसन) सार्वजनिक नगरेकाले घर बनाउनै नहुने ठाउँमा समेत घर बनाउने अनुमति दिइएको खुलेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

घर बनाउन नहुने ठाउँमा समेत घर बनेकाले अहिलेको भूकम्पबाट ठूलो क्षति बेहोर्नुपरेको विज्ञहरूले नै बताएका छन्।

सरकारले ग्राउन्ड मोसनसम्बन्धी तथ्यांक थाहा नदिएकाले नै घर बनाउन हुने/नहुने र कस्तो जमिनमा कस्ता घर वा संरचना बनाउन सकिने भन्नेबारे भूगर्भविद्हरू अनभिज्ञ देखिएका छन्।

भूगर्भशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका प्रा.डा. मेघराज धितालले ग्राउन्ड मोसन डाटा बिना गरिएको माटो परीक्षणको केही अर्थ नहुने बताए। ‘यो डाटा हेरेरमात्र संरचना बनाउन सकिन्छ’, त्रिविमा भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुखसमेत रहिसकेका धितालले भने।

सरकारले यस्ता तथ्यांक गोप्य राखेकै कारण कुन स्थानमा कस्तो असर पर्छ भन्ने थाहै नपाई घर, सडक र अन्य संरचना बनाउने मुख्य आधारबिनै संरचनाहरू बनिरहेको धितालले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ