जेष्ठ ७ काठमाण्डौं ।
नेपालको छिमेकी मुलुक चीनले नेपाललाई भूकम्पपछिको विपत्तिमा आवस्यक पर्ने सबै सहयोग दिने प्रतिवद्धता जनाएको छ ।
दुई दिने नेपाल भ्रमणमा आउनु भएका चीनका सहायक विदेश मन्त्री लियू जियानचाओले आज प्रधानमन्त्री शुसील कोईरालालाई भेटेर चीन सरकारको तर्फबाट त्यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
भेट बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको थियो ।
भूकम्पले भएको धनजनको क्षति, खोजी, उद्धार, राहत र अब हुने पुस्थापनाका विषयमा छलफल केन्द्रीत भएको थियो ।
भेटका अवसरमा प्रधानमन्त्री शुसील कोईरालाले चीनले नेपाललाई पिपदमा ठूलो सहायता गरेको भन्दै प्रससा गर्नु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline