जनतामलाई सामान्य अवस्थामा पुऱ्याउनु पहिलो काम : ओली

जनतामलाई सामान्य अवस्थामा पुऱ्याउनु पहिलो काम : ओली

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, जेठ ७ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपछि अझै पनि नागरिकमा त्रास रहिरहेकाले नागरिकलाई सामान्य जनजीवनमा फर्काउनमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

स्कुल भत्किएकाले बालबालिकामा त्रास र चिन्ता थपिएको तथा बासस्थान नहुादा नागरिकमा परेको बासस्थानको चिन्तालाई तत्काल हटाइ उनीहरुको मनोबल उठाउनका लागि पनि भत्किएका संरचनाको पुननिर्माण तत्काल गर्नुपर्नेमा उहााको जोड थियो ।

पार्टीले ललितपुरमा आज गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपदको समयमा पार्टी र त्यसका एजेण्डालाई छोडेर नागरिकको जनजीवन सामान्य बनाउनमा शक्ति केन्ऽिकृत गर्नुपर्ने भएकाले आफूहरुले राष्ट्रिय स्वयम सेवक परिचालन अभियान सुरु गरेको बताउनुभयो ।

कार्यक्रममा सचिव गोकर्ण विष्टले भूकम्पले सबै भन्दा बढी क्षति पुर्‍याएको गोरखाको बारपाकबाट राष्ट्रिय स्वयम सेवक परिचालन अभियान अन्तर्गतको पुननिर्माण कार्यक्रम सुरु गरिने जानकारी दिनुभएको छ ।

एमालेले भूकम्पले क्षति र्पुयाएका जिल्लाको भत्किएका संरचनाको पुानिर्माणका लागि प्रभावित जिल्लामा राष्ट्रिय स्वयमसेवक परिचालन अभियान सञ्चालन गर्न लागेको छ । अभियानमा परिचालन हुने कार्यकर्ताका लागि बिहीबार पार्टी नेतृत्वले प्रशिक्षण दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी