पोखरा ७ जेठ ।
तत्कालीन माओबादी जनयुद्धको वेलामा राज्य द्धारा वेपक्ता बनाईएको मानिसहरुको हाल सम्म पनि बास्तबिकता सार्वजनिक गर्न सरकार असक्षम भएकोमा वेपक्ता परिवारजनहरुले आपक्ती जनाएका छन ।
राज्य द्धारा वेपक्ता योद्धा समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागि परिवारहरुले सो आपक्ती जनाएका हुन । वेपक्ता दिबस जेष्ठ ७ गते आयोजना गरिएको कार्यक्रममा हाल सम्म आफ्ना नागरीकको वास्तबिक अबस्थाको बारेमा जानकारी दिन नसक्नु राज्य नै निरीह बनेको राज्य द्धारा वेपक्ता योद्धा परिवार समाजका केन्द्रीय सदस्य तथा माओबादी नेत्री साबित्रा दुराले बताईन ।
हाल सम्म आफन्तहरुको अबस्था के छ भनेर सम्म जानकारी नदिई तडपाउनेहरु बिरुद्ध यो देश तथा अन्र्तराष्ट्रिय मानवअधिकारबादी भनिएकाहरु पनि बोल्न सक्दैनन ।
माओवादीले अधिकार चाहियो भन्यो भने मानवअधिकार हनन भएको देख्ने डलरवालाहरु यो बिषयमा मौन बसेको देख्दा अचम्म लागेको उनले सो अबसरमा उल्लेख गरिन ।
आफुहरुले कुनै ठुलो माग नराखेको भन्दै दुराले आफन्तहरुको अबस्थाको बारेमा जानकारी दिन मात्र भनेपनि सरकार यो बिषयमा समेत अनुधार देखिएकोमा उनले आक्रोश पोखीन । अब यो देशले सामान्य तरिकाले गरेको मागलाई बेवास्ता गरेकोले जनता आफैले देशको बिरुद्धमा धावा बोल्ने बेला आउने उनको भनाई छ ।
हाल देशमा आएको महाबिपक्तीमा पनि सरकार उदाशिन बनेकोमा दुराले तत्काल पिडितहरुको घाउमा मलम लगाउनु पर्ने बताईन । कार्यक्रममा वेपक्ता पुर्ण पौडेलकी आमा मोतिमाया पौडेलले आफुले छोराको अबस्था जान्न खोजेको बर्षौ भयो तर यो देशका टाउकेहरुले सामान्य जानकारी पनि गराउन नचाहेको बताईन ।
भावुक मुद्रामा आमा पौडेलले आफ्नो प्राण जाने बेला भईसके पनि छोराको बारेमा कुनै खबर नपाउदा यो देशमा सरकार नै नभएको भान भैरहेको उल्लेख गरिन । माओबादीले जेष्ठ ७ गते लाई वेपक्ता दिबसको रुपमा मनाउदै आएको छ ।
माओवादी आन्दोलनको बेलामा २०५६ सालमा तत्कालीन पार्टीका बैकल्पीक केन्दीय सदस्य दण्डपाणी न्यौपाने सहितका नेताहरुलाई वेपक्ता बनाएकोले सोही दिनलाई वेपक्ता दिबस मनाईएको हो ।
हाल राज्य द्धारा एक हजार ९६ जना मानिसहरु वेपक्ता छन । माओवादीको आरोपमा २०५५ सालमा फडिन्द्र सिंखडालाई पहिलो पटक राज्यले वेपक्ता बनाएको थियो । यो बिचमा माओबादी तिन पटक सरकारमा सहभागि र नेतृत्व गरेपनि आफ्ना कार्यकर्ताहरुको अबस्थाको बारेमा जानकारी गराउन सकेन ।
माओवादीको केन्द्रयि अभियान टिम पुनःर्निमाणमा सहभागि हुदै पोखरा, जेष्ठ ७ माधब पनेरु बिनासकारी भुकम्पका कारण क्षति पुगेको जिल्लाहरुमा नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बिहिबार बाट दोस्रो चरण पुन र्निमाण अभियान सुरु गरेको छ ।
यस अघि अति प्रभावित जिल्लाहरुमा पार्टीका महासचिव चन्दकै सहागितामा बिभिन्न गाविसमा अस्थाई टहरा तथा राहात बितरण गरिएको थियो ।
बिभिन्न संघ सस्थाहरुले त्रिपाल तथा खाद्यान्न बितरणमा जोड दिएको वेला चन्द नेतृत्वको माओबादीले भने भत्कीएका घरमा भएको पुर्वाधार तथा भग्नाबशेषहरु लाई बटुलेर तत्कालका लागि केही बर्षे बस्न योग्य हुने गरी टहरा र्निमाण गरिदिएको छ ।
गोरखा सिन्धुपाल्चोक,धादिङ्ग लगायतका जिल्लामा माओबादीले टहरा र्निमाण गरेको हो । यसैगरि बिहिबार बाट माओबादीका देशैभरका कार्यकर्ताहरुलाई उद्धार तथा पुनःर्निमाणमा लगाएको छ ।
लागि सो पार्टीले समुह बिभाजन गरेर बिभिन्न १७ जिल्लामा अभियान सञ्चालन गरिएको छ । माओवादी कार्यकर्ताहरुले भुकम्पबाट भत्किीएर भग्नावशेष बनेका घरहरु भत्काएर पुनः र्निमाण गर्ने जनाईएको छ ।
प्राविधिक तथा ईन्जीनियरहरु सहित समेटिएको उक्त टोलिले बिभिन्न गाविसहरुमा गएर क्याम्प खडा गरि र्निमाण सम्पन्न गर्ने माओबादीले जनाएको छ ।
तत्कालको लागि त्रिपालको महत्व भएपनि दिर्घकालिन रुपमा जनताले बस्न सक्ने खालको अस्थाई टहरो र्निमाण गरेर केही बर्ष प्रयोग हुने बनाउने जनाईएको छ ।
उक्त राष्ट्रिय अभियान टिमको लागि कास्की जिल्लामा ९० जना माओवादी कार्यकर्ता सहभागि भएका छन । एकाथरि कार्यकर्ता कास्की जिल्लामा पनि सहभागि हुने माओवादी कास्कीका सेक्रेटरी पुर्नाजित पुन “उभार”ले जानकारी दिए ।
हातमा हतौडा, करौती र कोदालो बोकेर एक टिम कास्की बाट गोरखा प्रथ्यान गरेको उभारले बताए । अभियान टिमलाई पोखरामा बिदाई गरिएको थियो ।
बिदाई कार्यक्रममा माओबादी तमुवान सेक्रेटरी आस्थाले अनुशाशित तथा जनताको भावना बुझेर आबस्यकता अनुसारको घर र्निमाण गरेर फर्कन सबैलाई र्निदेशन दिईन ।
पुनः र्निमाण तथा जनताको साथसाथै भएको अनुभुति हुने गर काम गर्न उनले कार्यकर्ताहरुलाई अनुरोध गरेकी थिइन ।