काठमाण्डौ,७ जेठ ।
भुकम्प पिडीतहरुका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम जारी छ । आज पनि बिभिन्न्न संघ संस्थाले उद्धार कोषमा सहयोग रकम जम्मा गरेका छन । भूकम्पपीडितलाई बिभिन्न संघसंस्थाले दिएको सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री शुशिल कोइरालाले राहत सामग्री वितरणमा अनियमितता हुन नदिने बताउनु भयो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भूकम्पपीडितका निम्ति विभिन्न संस्थाले दिएको राहत रकम ग्रहण गर्दै प्रधानमन्त्री कौइरालाले भन्नुभयो राहत रकम र राहत सामग्री वितरणमा पक्षपात र अनियमितता गर्ने जो कोहीलाई पनि कडा कारबाही हुन्छ । उहाले सकंलित राहत रकम र प्राप्त राहत सामग्री भूकम्पपीडितसमक्ष पुगे नपुगेको बारे सरकारले पनि गम्भीरतापूर्वक हेरेको बताउनु भयो ।
आज ग्यास बिक्रेता महासंद्धले तीन लाख तीन हजार ३३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । संघका अध्यक्ष किशोर केसी र महासचिव चन्द्र थापाले सो रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभयो । आजै कृषि विकास बैंकमा कार्यरत नेपाल वित्तीय कर्मचारी संघले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख ११ हजार १११ प्रदान गरेको छ । सो रकमको चेक संघका अध्यक्ष सरोज महतले हस्तान्तरण गर्नुभएको थियो ।