एकद्वार प्रणालीबाट समान रूपमा राहत वितरण गर्न सभासदहरुको आग्रह

एकद्वार प्रणालीबाट समान रूपमा राहत वितरण गर्न सभासदहरुको आग्रह

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौा, ७ जेठ । 
सभासद्हरुले विनाशकारी भूकम्प र निरन्तर रुपमा गएका पराकम्पनबाट पीडितलाई समान रूपमा एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न सरकारसंग आग्रह गरेका छन । विनाशकारी भूकम्प–२०७२ पछिको क्षति, हालसम्मको राहत र भावी कार्ययोजना सम्बन्धमा छलफल गर्न जिल्ला बिकास समिती काठमाण्डौले आयोजना गरेको कार्यक्रममा सभासद्हरूले यस्तो आग्रह गरेका हुन ।

उनीह्रुले वास्तविक पीडितले भन्दा पनि पहुाचवाला र गैरपीडितले मात्र राहत पाउने गरेको भन्दै मापदण्ड बनाएरमात्र वितरण गर्न माग गरेका छन । कार्यक्रममा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जथाभावी रूपमा भन्दा पनि भूकम्पपीडितको अवस्था हेरिकन, प्रभावित र अति प्रभावित जिल्ला हेरेर सरकारद्वारा प्रदान गरिने राहत तथा अन्य सुविधा दिादै आएको स्पष्ट पार्नुभयो ।

सभासदहरुले भूकम्पबाट प्रभावित भएका सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई खान बस्नमा देखिएको समस्याप्रति सरकारले बेवास्ता गरेको भन्दै गुनासो गरेका छन ।

काठमाडौाका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले भूकम्पपछि धरापमा रहेको एउटा घरले वरिपरि रहेका करिब सात वटा घरलाई असर गरेको हुादा काठमाडौामा रहेका एक हजार ५०० त्यस्ता घर भत्काउने काम सुरु भएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी