अमेरिकी सेना आज स्वदेश फर्किदै

अमेरिकी सेना आज स्वदेश फर्किदै

  • बिहिबार, जेष्ठ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ,  ७ जेठ ।

बैसाख १२ गते गएकमो विनाशकारि भुकम्पपछि उद्धार र राहत वितरणमा खटिदै आएको अमेरिकी सैनिक (मरि) टोली आज (बिहिवार) स्वदेश फर्कदै छ ।

भुकम्पपीडितलाई उद्धार राहत वितरण गर्न अमेरिकी सेनाले ल्याएकामध्ये चारओटा हेलिकोप्टर ओस्प्रे फर्कने भएका हुन् । अन्य दुईवटा भने केहि दिनपछि मात्रै फर्कने नेपाल स्थित अमेरीकी दुतावासले जनाएको छ ।

दुतावासका अनुसार आवश्यकता रहेसम्म सानो संख्यामा भने अमेरीकि सैनिक अझै केहि समय नेपालमा रहने र बाकी रहेका विमानहरु पनि सो समयमा नै फर्कने छन् ।

नेपालको भुभागमा राहत वितरण र उद्धारका लागि  अमेरिकी अत्याधुनिक ओस्प्रे हेलिकोप्टर उपयुक्त नभएको भन्दै आलोचना हुदै आएको थियो ।

भुकम्पका कारण भत्किएका संरचनाको पुनः निर्माणका समयमा फेरी अमेरीकी सेनाका तथा गैरसैनीक इन्जिनियर र केहि प्राविधिकहरु नेपाल आउने जनाईएको छ ।

पिडितको उद्धारका लागी आएको सेनाको एउटा हेलिकोप्टर भने सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटना भएको थियो । सो विमानमा  ६ अमेरीकी तथा दुई नेपाली सैनिकको ज्यान समेत गएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी