जेष्ठ ७,ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार स्थित जिल्ला विकास समितिको सभा हलमा जिल्लाका दुवै सभासदको उपस्थितिमा अग्नि पीडित र सरोकारवालासागको छलफलको क्रममा स्थानीय संचार माध्यम र कान्तिपुर दैनिक पत्रिकामा आएको समाचारमा कुनै पनि सत्यता नभएको यहॉ स्थित प्रशासनले अनौपचारिक खण्डन गरेको छ ।
जेष्ठ ५ गते जिल्ला विपद व्यवस्थापन समिति पदाधिकारी, जिल्लाका दुवै सभासद र अग्निपीडितको संयूक्त छलफलमा सभासदलाई केही समय थुनिएको खबर ताप्लेजुङ स्थित ताप्लेजुङ एफ.एम. र कान्तिपुर दैनिक पत्रिकामा पनि समाचार आएको छ । तर यता प्रसाशन र केही छलफलमा सहभागी अग्निपीडितले पनि सभासद नथुनिएको जिकिर गरेका छन् ।
जिल्ला विकास समिति हलभित्र छलफलको क्रममा ताप्लेजुङका अग्निपीडितले पुरानो स्थानमा नै पुर्नस्थापना हुन पाउनुपर्छ, बैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने लगायतको माग राखेका थिए । त्यसको स्पष्ट जवाफ सभासदसाग नभएकोले असामान्य स्थिति भएको, सभासद दुवैले अग्निपीडितको सवाल र मागमा
स्पष्ट कुरा राख्न नसक्दा सो अवस्था आएको हो । पत्रकार आनन्द गौतमको दाबी छ । उहॉले भन्नु भयो “दुवै सभासदले स्पष्ट जवाफ नदिादा नाराबाजी गर्दै यो हलबाट नै निर्णय नगरिकन हामी जान दिदैनौ भनी हलको मुल ढोका लक गरेको भिडियो सहितको प्रमाण मसाग छ अब भन्नुस सभासदलाई थुनेको हो या हैन ?” सभासद थुनिएको भनी समाचार लेख्ने
पत्रकारले आफूस‘ग सो घटनाको सप्रमाण भिडियो भएको दाबी गरेका छन् । निराधार समाचार भन्ने प्रसाशन र थुनिएका भनिएको दुवै सभासदले सो समाचारको औपचारिक खण्डन भने अहिलेसम्म गरेका छैनन् ।