काठमाण्डौ,६ जेठ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रमुख दलहरु बीच सैद्धान्तिक सहमति भएको दाबी गर्नुभएको छ ।
आज बिराटनगरमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष गच्छद्धारले बिनासकारी भुकम्पले ल्याएको विपत्तीलाई सामना गर्न दलहरु राष्ट्रिय सहमतिको सरकार बनाउन तयार भएको बताउनु भयो ।
उहाले हाल मुलुकमा आएको राष्ट्रिय संकट र राजनैतिक संकट समाधानका लागि केही समय सम्म सबै राजनैतिक दलहरु बीच प्रतिस्पर्धाको भावना हटाएर एक भएर जाने सहमति भएको दाबी गर्नुभयो ।
पुर्ब उपप्रधानमन्त्री समेत रहनु भएका गच्छद्धारले चाडै नै राष्ट्रिय सहमतिको सरकारले स्वरुप ग्रहण गर्ने जानकारी दिदै सरकारको नेतृत्व बारे विवाद नरहेको पनि स्पष्ट बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline