विपद व्यवस्थापन अनुगमन समितिको बैठक आज

विपद व्यवस्थापन अनुगमन समितिको बैठक आज

  • बुधबार, जेष्ठ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ, ६ जेठ ।

व्यवस्थापिका–संसद्द्धारा गठन गएिको राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको बैठक आज पनि बस्दैछ ।

अपरान्न ४ बजे बस्ने आजको बैठकमा हालसम्म गरिएको अनुगमन र त्यहाँ देखिएको अवस्था लगायत विषयमा छलफल गरी आवश्यकता अनुसार सरकारलाई निर्देशन दिने बताइएको छ ।

यस्तै प्रभावित जिल्लाको अनुगमनमा खटिएको टोलीले पनि आज प्रारम्भिक प्रतिवेदन पेश गर्ने भएको छ । यद्यपी सबै टोली काठमाडौ आइपुग्न बाँकी रहेकाले आजको बैठकमा सबैको प्रतिवेदन पेश नहुने संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो ।

समितिले टोलीलाई अनुगमनका लागि दिइएको ५ दिनको समय सीमा हिजो नै सकिसकेको छ । १४ जिल्लामा खटिएका मध्ये केही टोली काठमाण्डौ  आइ पुगेको छ भने केही टोली आज दिउँसोसम्म काठमाण्डौ आइपुग्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी