भूकम्प प्रभावित जिल्लामा अस्थायी बसोवास योजना निर्माणका लागि कार्यदल गठन

भूकम्प प्रभावित जिल्लामा अस्थायी बसोवास योजना निर्माणका लागि कार्यदल गठन

  • मङ्लबार, जेष्ठ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

जेठ ५, काठमाडौं । सरकारले भूकम्पबाट अति प्रभावित ६ जिल्लामा अस्थायी बसोवास योजना निर्माणका लागि भुगर्भ्विद् सहितको टोली अनुगमनका लागि पठाउने तयारी गरेको छ ।

अनुगमन टोली परिचालनका लागि ९ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेको उद्योग मन्त्रालयले जनाएको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजीत महतोको नेतृत्वमा गठित कार्यदलमा खानी विभाग, इसिमोड, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, भूगर्भवीद र नेपाल भौगर्भिक समाजको प्रतिनिधि सदस्य रहेका छन् ।

भोलीबाट प्रभावित जिल्लामा खटिने १८ वटा टोलीमा ३र३ जना भुगर्भ्विद रहने उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिनुभयो ।

कार्यदलले पेश गरेको प्रतिवेदनका आधारमा गृहमन्त्रालयले अस्थायी पुर्नवास कार्यक्रमको तयारी गर्ने मन्त्री बस्नेतले बताउनु भयो ।

अनुगमन टोलीले गोरखा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र धादिडमा स्थलगत निरिक्षण तथा स्याटेलाइट डाटाको आधारमा एक साता भित्र प्रतिवेदन पेश गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी