काठमाण्डौ,५ जेठ ।
बिनासकारी भूकम्पमा परी मुत्यु हुनेको संख्या ८ हजार ६ सय १७ पुगेको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार २१ हजार ७ सय ५० जना घाइते भएका छन ।
वैशाख १२ गतेको भूकम्पमा परी ८ हजार ४ सय ६८ जना र २९ गतेको भुकम्पबाट १ सय ४९ जनाको मुत्यु भएको हो । १२ गतेको भुकम्पबाट १८ हजार ५ सय ५ जना घाइते र २९ गतेको भूकम्पबाट ३ हजार २ सय ४५ जना घाइते भएका गृहमन्त्रालयले जनाएको छ ।
आज पनि भग्ना अबशेष हटाउने र बेपत्त्ताहरुको खोजी कार्य जारी रहेको जनाइएको छ । हालसम्म २७६ नेपाली र १०८ विदेशी नागरिक गरी ३८४ जना बेपत्ता छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline