काठमाडौ, ५ जेठ ।
एकीकृत नेकपा माओवादीले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको पुनरनिर्माणका लागि केन्द्रीय नेताको नेतृत्वमा खटिने थप नेता तथा कार्यकर्ताको टुङ्गो आज लगाउदैछ । भूकम्प प्रभावित जिल्लामा जाने नेताको टुङ्गो आज दिनभरमा लागेपछि भोलिबाट टोली परिचालन हुने पार्टी महासचिव कृष्णबहादुर महराले बताउनु भयो ।
महासचिव महराका अनुसार पुननिर्माण टोलीका लागि आवश्यक बन्दोबस्तीका सामग्री व्यवस्थापनको कार्य पनि आजै सक्ने तयारीे छ । एमाओवादीको हिजोको बैठकले भूकम्पबाट प्रभावित जिल्लामा आगामी जेठ ८ देखि १५ गतेसम्म ‘राज्य पुनःनिर्माण अभियान’ चलाउने निर्णय गरेको थियो ।
पार्टीको विस्तारित बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा सिन्धुपाल्चोक, नेता डा बाबुराम भट्टराईको नेतृत्वमा गोरखा र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा पुननिर्माण टोली दोलखा पठाउने निर्णय गरेको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनु भयो । अन्य जिल्लाको नेतृत्व गर्ने नेताको टुङ्गो आज लाग्नेछ ।