सुनसरी,
गत बैशाख १२ गते देशमा गएको बिनाशकारी महाभुकम्पका कारण प्राकृतिक बिपतमा परेका हजारौ सर्बसाधारणनेपालीका लागी गैरनाफामुलक सामाजिक संस्था द आर्ट अफ लिभिङ्ग नेपालले आफना जनधन गुमाएकाहरुलाई राहत साम्रगी बितरण गर्नुका साथै तनव मुक्त(टर्मा रिलिफ )का कार्यहरु निरन्तर जारी राखेको छ ।
बारम्बारको भुकम्पका कारण र्ताषमा जिवन बिताईरहेकाहरुका लागी मनोपरामर्शको आवश्यता रहेको भन्दै यस्तो टर्मा लिरिफ अर्थात तनाव मुक्त गराउने कार्यक्रमको आयोजना गरिएको आर्ट अफ लिभिङ्ग नेपालले जनाएको छ ।
सेवा, साधना र सत्संगलाई पुर्ण अंशको रुपमा लिई बिशुद्ध सामाजिक क्षेत्रमा कार्य गर्दै आएका आर्ट अफ लिभिङ्ग नेपालले जतिसक्दो चाडो नेपाली जनमानसमा तनाव, भयमुक्त जिवन नबनाए दिर्घकालिन असर पर्न सक्ने भन्दै यस्तो कार्य राज्य स्तरबाटै गराउनुपर्नै प्रशिक्षक संजय सिवाकोटीले बताउनु भयो ।
संस्था अन्र्तराष्ट्रिय भएतापनि नेपालीलाई परेको बिपतमा हरेक सामाजिक प्राणिले सहयोग गनुपर्नै उनले बताए । थोरै भएपनि संस्थाले गरेको कार्यबाट पिडितहरुले राहतको सास फेर्न पाएको स्थानिय प्रशिक्षक वृदिचन्द अग्रवालले बताउनु भयो ।
यसैबीच गत साता नै आर्ट अफ लिभिङ्ग नेपाल जिल्ला समन्वय समिति धरानले पनि आफना परम पुजनीय गुरु श्री श्री रबिशंकरको जन्मदिन मे १३ अथार्त बैशाख ३० गतेका दिन उनका समर्थकहरुले नेपालमा भएका बिनासकारी भुकम्पमा परि ज्यान गुमाएका एबम घाईतेहरुको सिर्घ स्वास्थय लाभको कामना गर्दै मौन धारण सहित मनाएको छ । त्यस्तै सोही दिनै धरानका बिद्यार्थी प्रिति अग्रवालको पनि आफना जन्मदिन धुमधामसंग मनाउने योजना रहेतापनि देशमा परेको विपत्तिका कारण पनि आफना जन्म दिनको खर्च राहतको लागी खर्च गरेको बताउनु भयो । सो अवसरलाई उमङ्गमा नभई सोकका घडीको रुपमा मनाईएको स्थानिय आर्ट अफ लिभिङ्ग धरानका स्थानिय प्रशिक्षक वृदिचन्द अग्रबालले बताउनु भयो ।
यसैबीच संस्थाले बैशाख १५ गतेका दिन नै राहत सामग्री लिएर प्रभावित क्षेत्र धार्दिङ्ग जिल्ला गएको र हालसम्म जिल्लाको सुनौलो बजार,राई गाउ,पिण्डा गाविस,चेपाङ्ग बस्ती,चिसोखोला,राम्चे गाउ,खहरेको कटुन्जे लगायतका स्थानहरुमा राहत सामगी्र बितरण तथा स्वास्थय परिक्षण समेत गरेको छ । २ जना डाक्टर सहित ८ जना स्वयमसेवकले राहत बितरण टोलीले टर्मा रिलिफका कार्यक्रम गरिएको स्वास्थ्य परिक्षणमा सहभागी डाक्टर अन्नत अर्यालले बताउनु भयो । द आर्ट अफ लिभिङ्गका नेपालका बिर्तामोडका प्रशिक्षक संजय सिवाकोटीको नेतृत्वमा संस्थाका स्वयम सेवकहरु बिप्लव दाहाल,रक्षा दहाल, डा. आस्था पुडासेनी,डा.अनन्त अर्याल, मेडिकल बिद्यार्थी बिशाल,सोभा,कल्पना दिपक,लगायत राहत बितरणको कार्यमा सहभागी थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
