काठमाण्डौ,३ जेठ ।
मकवानपुरमा बस र ट्रक एकआपसमा ठोक्किदा ६ जनाको मुत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार दुर्घटना अपरान्न भएको हो । दुर्घटनामा ६ जनाको मृत्यु र ११ जना घाइते छन ।
हेटौडाबाट नारायणगढ जाँदै गरेको ना ४ ख ५७ ६५ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको ना ४ ख २६ ९७ नम्बरको बस मनहरी ३ रमनटारमा ठोक्किएका हुन ।
मुत्यु हुनेमा ३ पुरुष र ३ महिलाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline