काठमाण्डौ,४ जेठ ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भक्तपुरको सूर्य विनायक नगरपालिका ११ काँक्राबारीका भूकम्पपीडितलाई राहत सामाग्री वितरण गर्नुभएको छ । त्यहाका २ सय १६ घरपरिवारलाई महासचिव विप्लवले राहत सामाग्री हस्तान्त्रण गर्नुभएको हो ।
सो क्रममा विप्लवले दुःख साट्न आफूहरु जनतासँग आएको बताउँदै आफ्नो पार्टी जस्तोसुकै सहयोगको लागि तयार रहेको बताउनु भयो । राहत लिन आएका भूकम्पपीडितलाई सम्बोधन गर्दै विप्लवले पुर्नबासको लागि आफ्नो पार्टीले अभियान संचालन गरेको बताउँदै कुनै समस्या भए तत्काल जानकारी गराउन आग्रह गर्नुभयो ।
भूकम्पबाट प्रभावितको उद्दार र पुर्नबासको लागि आफ्नो पार्टीले अभियान नै चलाएको उहाले जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘हामीले दोस्रो चरणको अभियान सुरु गरेका छौँ, दुई हजार युवा प्रभावित १७ जिल्लामा गइसकेका छन । चिनियाँ नागरिक झ्याङ र भक्तपुर पार्टीले संकलन गरेको राहत सामाग्री उहाले पीडितलाई हस्तान्त्रण गर्नुभएको थियो ।