काठमाण्डौ,४ जेठ ।
हालै गएको बिनासकारी भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ८ हजार ६ सय ४ पुगेको छ ।
गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बैशाख १२ गते गएको भूकम्पमा ८ हजार ४५६ जना र २९ गतेको पराकम्पनबाट १४८ जनाको मुत्यु भएको छ । १२ गतेको भुकम्पबाट १७ हजार ८८६ जना घाइते रहेका छन भने २९ गतेको पराकम्पनबाट २१ हजार ६३ जना घाइते भएको र उनीहरुको देशका बिभिन्न अस्पतालमा उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ ।
वैशाख २९ को भूकम्पबाट हालसम्म ६ हजार १२ पूर्णरुपमा र ८ हजार ५१२ आंशिकरुपमा गरी जम्मा १४ हजार ५२४ भौतिक संरचनामा क्षति पुगेको गृहको तथ्यांकमा उल्लेख छ ।
यसैगरी वैशाख १२ को भूकम्पबाट सर्बसाधारणका ४ लाख ८८ हजार ७८९ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । २ लाख ६७ हजार ४७७ घरमा आंशिक क्षति पुगेको छ । भूकम्पपछि २५२ नेपाली र १११ विदेशी नागरिक बेपत्ता छन् । भग्नावशेषहरु हटाउने र वेपत्ताहरुलाई खोज्ने काम जारी छ ।