काठमाण्डौ,४ जेठ ।
प्रप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राविधिक तथा व्यवसायिक तालिम परिषद सिटीइभीटीका तर्फबाट ४० लाख २ हजार ३ सय ७४ रुपैया सहयोग प्राप्त भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा परिषद्का सदस्य सचिव डा. रामहरि लामिछानेले सो रकमको चेक प्रधानन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।
आजै भूकम्प पीडितहरुलाई सहयोग गर्न नेपाल वार एशोसियसनले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा १० लाख रुपैया सहयोग प्रदान गरेको छ । सो सहयोग रकम नेपाल वार एशोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline