काठमाडौं, जेठ ४ । सुचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजालले जस्तापाता अभाव हुन नदिन र कालोबजारी रोक्न सरकारले हरसम्भाव प्रयास गर्ने बताउनु भएको छ ।
रिपोर्टस् क्लब नेपालले आज राजधानीको भृकुटी मण्डपमा आयोजना गरेका साक्षात्कारमा संचारमन्त्री रिजालले सरकारले जस्तापाता किनेर वितरण गर्दा समय लाग्ने भएकाले सिधै पैसा दिने निर्णय गरेको बताउनु भयो ।
उहाले १२ लाख जस्तापाताको माग भएको भन्नु हुदै विदेशमा समेत खरिदका लागि काम अघि बढेको बताउनु भयो । एक फरक प्रसंगमा उहाले प्रधानमन्त्री सुशिल कोइराला यही सरकारलाई राष्ट्रिय सहमतिको बनाउन तयार रहेको जानकारी समेत दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline