अब सबै मिलेर अघि जानु पर्छ: प्रम कोईराला

अब सबै मिलेर अघि जानु पर्छ: प्रम कोईराला

  • आइतवार, जेष्ठ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

जेष्ठ ३ काठमाण्डौं । प्रधानमन्त्री सुशील कोइरालाले विनाशकारी भूकम्पको प्रभावबाट माथि उठ्न सिङ्गो देश एक भइसकेकाले अब राजनीतिक संक्रमणबाट मुक्ति पाउन पनि सबैको एकता आवस्यक रहेकोमा जोड दिनु भएको छ ।

उहाले अब सबै मिलेर एकसाथ अघि बढेमा देशको पुननिमार्ण र सविधान निमार्ण सभव हुने बताउनु भयो ।

समृद्ध र विकसित नेपाल निमार्णका लागि प्रकोपको बेलामा अहिले देखिएझैं अभूतपूर्व एकता आवश्यक पर्ने भन्दै उहााले त्यहींबाट लोकतान्त्रिक संविधान पनि जारी हुने उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा उहााले बेलायतले पठाउन लागेको चिनुक विमान अस्वीकार गरिएको बारे बेलयाती प्रधानमन्त्री डेभिड क्यामरुनसाग आफूले हिजैमात्र पर्याप्त छलफल गरेको जानकारी दिनुभयो ।

नेपालको विमानस्थलले १ सय ९० टनभन्दा माथिको भार थेग्न नसक्ने भएकाले सो विमान काठमाण्डौ नल्याउने निर्णय भएको उहााले उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री कोइरालाले सो घटनालाई अन्य कुटनीतिक एवं राजनीतिक रंग नदिन सबैमा आग्रह गर्नु भयो ।
यसअघि कोइरालाले भूकम्पपछि सरकारले उद्धार, राहत र पुनस्निर्माणमा गरेको प्रगतिबारे अन्तर्रा्ष्टि्रय सञ्चार माध्यमलाई अवगत गराउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी