काठमाडौ ३ जेठ ।
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले विपदका बेला सभासदलाई भूमिका बिहिन बनाइएकोमा असन्तुष्टि जनाउादै राहत वितरण र पुर्नस्थापनाको काममा सभासदलाई प्रत्यक्षरुपमा रहभागी गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले केन्ऽ र जिल्लामा सभासदको संलग्नतामा अलग अलग संयन्त्र बनाइ राहत वितरण र पुनर्स्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
सरकारले भूमिका बिहिन बनाएका कारण सभासदलाई नागरिककोबीचमा जान अप्ठेरो परेको समितिको भनाई छ । विपदका बेला नागरिकको बीचमा जानुपर्ने भएपनि आफ्नो हातमा केही नभएका कारण सभासद नागरिक समक्ष जान नसकेको समितिका सभापति शेरधन राईले बताउनुभयो ।
समितिले राहत वितरणको काममा पारदर्शीता अपनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline