राहत नपुगेको ठाउँमा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न सरकारको आग्रह ।

राहत नपुगेको ठाउँमा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न सरकारको आग्रह ।

  • आइतवार, जेष्ठ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं,  ३ जेठ ।

राहत वितरणको कार्य निरन्तर भैरहँदा पनि पिडितले राहत नपाएको गुनासो बढ्न थालेपछि सरकारले राहत नपुगेको ठाउँमा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले सरकारका तर्फबाट समान राहत वितरणका लागि निरन्तर जुटिरहेकाले राहत नपाएका पिडितहरुले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।

उहाले आज पनि भूकम्प प्रभावित ठाउँमा दाल, चामल, तेल, नुन आदि पकाएर खान मिल्ने खानेकुरा लगिरहेको बताउनुभयो । विशेषगरी बैशाख २९ गतेको भूकमपका कारण बढी प्रभावित दोलखा, रामेछाप, सोलुखुम्बु, सिन्धुपाल्चोक लगायतका ठाउँमा राहत वितरणको काम भैरहेको छ ।

यस्तै भूकम्पबाट ज्यान गुमाएकाको शव पहिचान गरी सम्बन्धित परिवारलाई बुझाउने काम भैरहेको सरकारले जनाएको छ । पहिचान हुन बाँकी शव भने विभिन्न अस्पतालमा राखिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी