एमालेले आज मदन आश्रित दिवस मनाउदै

एमालेले आज मदन आश्रित दिवस मनाउदै

  • आइतवार, जेष्ठ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, जेठ ३ । 

नेकपा एमालेले आज मदन आश्रित दिवस मनाउदैछ । तत्कालिन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २२ वर्ष पुगेको छ । दिवसको अवसरमा एमाले र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रमको अयोजना गरेको छ ।

२०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानवीनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ ।

मण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । यसवर्ष भूकम्प प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणको काममा पार्टी नेतृत्व र कार्यकर्ता परिचालन भएकाले दिवस पनि त्यसै साग केन्द्रित हुने एमालेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी