भुगर्भ विभागले ल्यायो भुकम्प बारे जानकारि दिने मोबाइल एप

भुगर्भ विभागले ल्यायो भुकम्प बारे जानकारि दिने मोबाइल एप

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ, २ जेठ ।

खानी तथा भूगर्भ विभागले भूकम्बारे सर्वसाधारणलाई जानकारी दिन शनिबार अलग्गै एप सार्वजनिक गरेकाे छ ।

विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका प्रमुख भुकम्पविद् लोकविजय अधिकारीका अनुसार ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामको एप शनिवार अपरान्ह उद्योगमन्त्री महेश बस्नेतले शुभारम्भ गरे । खानी विभाग उद्योग मन्त्रालअन्तर्गतको हो ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले उक्त एप डाउनलोड गरी भूकम्पको सूचना लिन सक्ने अधिकारीले बताए । ‘४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जाने वित्तिकै त्यसमा अपडेट गर्नेछौं’, प्रमुख अधिकारीले भने, ‘सर्वसाधारणले क्षणभरमै मोबाइलम कत्रो र कहाँ केन्द्रविन्दु बनेर भूकम्प गयो भन्ने जानकारी लिन सक्नेछन् ।’

यस्तै केन्द्रले भुकम्पबारे जानकारी दिन १६१८०१४४१०१४१ नामको टोलफ्री (निःशुल्क) नम्बरसमेत ल्याएको छ । यो नम्बरमा डायल गरे उद्योगमन्त्री बस्नेतकै स्वरबाट भूकम्पको तथ्यांक थाहा पाउन सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी