काठमाण्डौ,२ जेठ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहात रकम जम्मा हुने क्रम जारी छ । आज होटल संघ नेपालले १५ लाख रुपैया उद्धार कोषमा जम्मा गरेको छ । संघले दिएको रकम ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले नेपालको आर्थिक विकासको आधारको रुपमा लिइएको पर्यटन उद्योगलाई पुनरोत्थान गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउनु भयो ।
राहत रकम हस्तान्तरण गर्दै होटल संघका अध्यक्ष बीके श्रेष्ठले भूकम्पका कारण होटल व्यवसाय संकटग्रस्त लागेको बताउनु भयो । समग्र पर्यटन उद्योग बचाउन सरकारले ध्यान दिनु पर्ने भन्दै श्रेष्ठले भूकम्पका कारण बाहृय पर्यटक आउन त्रसित हुने र आन्तरिक खर्च गर्ने क्षमतामा कमी आइ आन्तरिक पर्यटन पनि ओरालो लाग्ने भएकोले सरकारले बिशेष चासो देखाउनु पर्नेमा जोड दिनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline