प्रधानमन्त्री कोइराला र अन्तराष्ट्रिय रेडक्रस महासंघका महासचिव एस्सीबीच भेटवार्ता ।

प्रधानमन्त्री कोइराला र अन्तराष्ट्रिय रेडक्रस महासंघका महासचिव एस्सीबीच भेटवार्ता ।

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, २ जेठ ।

प्रधानमन्त्री सुशील कोइराला र अन्तराष्ट्रिय रेडक्रस महासंघका महासचिव इल्हाज एस्सीबीच आज बिहान  भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विनाशकारी भूकम्पले गरेको क्षति, उद्धार, राहत, पुनस्थापना, पुनर्निर्मार्ण र मानवीय सहयोगका बिषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा आएको विपत्तिका समयमा अन्तराष्ट्रिय रेडक्रसले गरेको मानवीय  सहयोगको प्रसंसा गर्दै पुनस्थापना र पुनर्निर्माणको चरणमा थप सहयोग आवश्यक पर्ने बताउनु भयो ।

उहाले प्राकृतिक विपत्तिको सामना गर्ने आवश्यक ज्ञान, संस्थागत संरचना, जनशक्ति र स्रोत साधनको कमीले क्षति बढी हुन गएको धरण राख्नु भयो ।

वार्ताका क्रममा आइएफआरसीका महासचिव एस्सीले नेपाल रेडक्रससंगको साझेदारी र सहयोगमा कार्य गरिरहेको बताउदै विपद्को घडीमा आइएफआरसीले सहयोग रकम तेब्बर पार्ने घोषणा समेत गर्नु भयो ।

उहाले भूकम्पबाट भएको क्षतिको  पुननिर्माण कार्यसँगै प्राकृतिक विपद्बाट जोगाउन संस्थागत संरचना, कानुनी संरचना र आवश्यक जनशक्ति जुटाएर विपद् सामना गर्ने स्रोत साधन तयारी राख्नु पर्नेमा जोड दिनु भयो ।

भूकम्प पीडितहरुलाई तत्काल राहत स्वरुप आइएफआरसीले ३३ मिलियन अमेरिकी डलर सहयोग गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी