दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा रहेका ८ जनाकै शव फेला ।

दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा रहेका ८ जनाकै शव फेला ।

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

जेठ २, काठमाडौं ।
दोलखाको घोर्थलीमा दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा रहेका ८ जनाको शव फेला परेको छ ।  दुर्घटनाग्रस्त हेलिकप्टरमा पहिचान खुल्न नसकिने अवस्थामा रहेका नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ गरी कुल ८ जना सैनिक व्यक्तिहरुको शव फेला पारेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना र अमेरिकी मरिन टीम दुर्घटनाग्रस्त ईलाकामा रहेको सेनाले जनाएको छ । मंगलवारबाट हराएको हेलिकप्टर  अनुमानित ११,२०० फिट उचाईमा रहेको बिकट तथा अफ्ठयारो ईलाकामा दुर्घटनाग्रस्त भई सम्पुर्ण पार्ट पुर्जाहरु छरिएर रहेको अवस्थामा हिजो फेला पारेको हो । फेला पारीएका शबहरुलाई काठमाण्डौ ल्याउने तयारी भइरहे पनि शबको पहिचान हुन नसक्ने अबस्थामा रहेको सेनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी