काठमाडौ, २ जेठ ।
सरकारले स्वेशी जस्तापाता निर्यातमा रोक लगाउने तयारी गरेको छ । वर्षायाम सुरु हुनु अघि नै भुकम्प पीडितको अस्थायी बसोबासको लागि जस्तापाताको अभाव हुन नदिन निर्यात रोक्ने तयारी गरेको हो ।
उद्योग मन्त्री महेश बस्नेतल भूकम्पपीडितलाई तत्काल बसोबास व्यवस्था गर्न उत्पादन भएका सबै जस्ता सरकारले खरिद गर्ने भएकाले त्यो अवधिमा जस्ता बाहिर निर्यात गर्न रोक लगाउने तयारी भएकोे बताउनु भयो । उद्योग मन्त्रालयले जस्तापाता विदेश निर्यात रोक्न उत्पादकहरूसित परामर्श गरी प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।
नेपालमा आरती, हुलास, राजेश र भवगति लगायत कम्पनिले जस्तापाता उत्पादन गर्दै आएका छन् । उनीहरुले दैनिक झण्डै दुई हजार टन जस्तापाता उत्पादन गर्ने गरेका छन् जुन विदेशमा समेत निर्यात हुने गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline