काठमाडौ,१ जेठ ।
बुधबार संबिधानसभा सदस्यले भूकम्प पिडितका लागी आएको पाल बुझेर लगेको भन्दै डोटी जिल्लामा क्रियाशिल प्रेश चौतारी नेपाल डोटी र क्रान्तिकारी पत्रकार संघ डोटीले सभाषद्लाई पाल खरीद गर्नका लागी राहत भन्दै ६ सय १ रुपैँया राहात संकलन गरेर जिल्ला प्रशासन कार्यालय डोटी मार्फत संबिधान सभा अध्यक्ष शुवास चन्द्र नेम्वाङलाई पठाएका छन ।
प्रेश चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघमा आबद्ध पत्रकारले सभाषद्लाई पाल खरीद गर्नका लागी ६ सय १ रुपैँया संकलन गरेका हुन ।
ज्ञापनपत्रमा भनिएको छ “ भूकम्प पीडितका लागि विभिन्न दाताहरुबाट प्रदान गरिएका त्रिपालहरु नेपाल र नेपालीहरुको भाग्य र भविष्य सहितको संविधान लेख्न भनि संविधानसभामा पठाईएका माननीय सभाषद ज्यूहरुलाई संविधानसभा परिसरबाटै संसद सचिवालयले बैशाख ३० गते बुधबार वितरण गरेको निन्दनीयकार्यले मानवीयताको खिल्ली उडाएको छ भने त्रिपालबुझ्ने माननीय सभाषदहरुको नीचता पनि झल्किएको छ ।
”चर्को बिबाद उत्पन्न भए पछी सभाषद्हरुले त्रिपाल पछी फिर्ता गरेका थिए । बिज्ञप्ती भनिएको छ “भूकम्प पीडितहरुलाई बाँड्नुपर्ने त्रिपालआफुले बुझ्ने सभाषदहरुलाई त्रिपालखरिद गर्नकालागि डोटीमा क्रियाशिल प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघमा आवद्ध पत्रकारहरुको तर्फबाट रु. छ सय एक रुपैंया मात्र) राहत सहयोग पठाउन चाहन्छौं ।”
ज्ञापन पत्र बुझ्दै डोटीका प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनालले ज्ञापनपत्र र सभाष्दका लागी पठाएको राहात जस्ताको त्यस्तै पठाउने प्रतिबद्धत्ता ब्यक्त गरेका थिए ।