अमेरिकी सेनाको हेलिकप्टर हिले डाडामा दुर्घटनाग्रस्त अबस्थामा फेला

अमेरिकी सेनाको हेलिकप्टर हिले डाडामा दुर्घटनाग्रस्त अबस्थामा फेला

  • शुक्रबार, जेष्ठ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ ,१ जेठ ।
३ दिनदेखी हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको हिले डाडामा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको सैनिक स्रोतले जनाएको छ । कालिन्चोकका एक स्थानीयले दिएको सूचनाका आधारमा गएको नेपाली सेनाको हेलिकोप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर आज फेला पारेको हो

स्थानीय बासिन्दाको सूचनाका आधारमा कालिन्चोकतर्फ गएको सैनिक एयरक्राफ्टले कालिन्चोक नजिक हिलेडाडा क्षेत्रमा देखेपछि सोही ठाउँलाई केन्द्रित गरेर उद्दार टोली पठाइएको सैनिक स्रोतले जनाएको छ । कालिन्चोकका एक स्थानीयले सैनिक हेडक्वार्टरमा फोन गरेर आफूले हेलिकोप्टरको दुईओटा पखेटा देखेको भनेपछि थप पुुष्टि गर्न सेनाको टोली विहान त्यसतर्फ गएको थियो

११ हजार फिट उचाइको कालिन्चोक डाँडामा हराएको जहाजका केही टुक्रा र तीन शव देखिएको भन्दै स्थानीयले फोन गरेको सैनिक स्रोतले जनाएको छ । उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए । बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी