काठमाण्डौ,३१ बैशाख ।
कैलालीको कोटातुल्सीपुर–१ पुरैनातालवाट एक थान पेस्तोल सहित दुई जना पक्राउ परेका छन । एक थान पेस्तोल, गोली र खोका सहित सोही ठाउँका अमिन वोहरा कुलवहादुर शाहीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनु भयो ।
अमिनको घर नजिकै राखिएको कुलबहादुर साइकिलमा कालो प्लास्टिक भित्र पेस्तोल फेला परेको प्रहरी निरिक्षक मल्लले जानकारी दिनु भएको छ । उहाँले अभियुक्तलाई हातहतियार खरखजना ऐन अनुसार कारवाही हुने बताउनु भयो । अदालती कारवाही प्रक्रिया अगाडी बढी सकेको प्रहरि निरिक्षक मल्लले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline